कैलालीको अत्तरियामा ‘पहाडी स्वाद’को पुनर्जागरण: नमस्ते होटलमा अर्गानिक लोकल परिकारको सुरुवात

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित नमस्ते होटलले सुदूरपश्चिमका परम्परागत लोकल परिकार पस्किँदै पहाडी स्वादको पुनर्जागरण थालेको छ। करिब १० वर्षदेखि सञ्चालनमा रहेको होटलले पछिल्लो समय लोप हुँदै गएका स्थानीय खानालाई प्राथमिकतामा राख्दै अर्गानिक परिकार सुरु गरेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

होटलका सञ्चालक लक्ष्मण धामीका अनुसार बुधबारदेखि कोदो, फापर र मकैको शुद्ध अर्गानिक रोटी बिक्री सुरु गरिएको छ। साथै मार्सी चामलको भात, जौँको सातु, कलाउ र सोट्टाको दालसमेत उपलब्ध छन्। यी परिकार पहाडी भेगबाट ल्याइएका अन्नबाली र मसला प्रयोग गरी परम्परागत आगोको चुल्होमा पकाइन्छ।

धामीले बझाङको छविसपाथिभेरा गाउँपालिका र बुंगल नगरपालिकालगायत क्षेत्रबाट अन्नबाली मगाउने गरेको बताए। “हाम्रा बाजे–पुर्खादेखि चलिआएका परिकार स्वादिला मात्र होइन, स्वास्थ्यका लागि पनि लाभदायक छन्,” उनले भने।

सुदूरपश्चिम बाहिरबाट आएका पाहुनादेखि स्थानीय उपभोक्तासम्मले सकारात्मक प्रतिक्रिया दिइरहेको होटलले जनाएको छ। बजारमा पाइने परिकारसरहकै मूल्यमा अर्गानिक लोकल स्वाद उपलब्ध गराउँदै नमस्ते होटलले परम्परा र स्वास्थ्य दुवैलाई एकसाथ जोगाउने प्रयास गरेको छ।

Advertize US