कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्तालाई सामाजिक सञ्जाल र गतिविधिमा निर्देश, उम्मेदवार बाहेकको पक्षपोषण नगर्न भनियो

Image
Nisarga Hospital

कञ्चनपुर जिल्ला नेपाली कांग्रेसले आफ्ना नेता–कार्यकर्तालाई पार्टी उम्मेदवार बाहेक अन्य उम्मेदवारको पक्षपोषण हुने किसिमका कुनै पनि अभिव्यक्ति नगर्न निर्देशन दिएको छ। बुधबार जारी विज्ञप्तिमा सचिव भीम भट्टले सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट, लाइक वा प्रचार–प्रसारका कुनै पनि कार्य नगर्न अनुरोध गरेका छन्।

CP Hospital Dhangadhi

साथै, कांग्रेसले नेता–कार्यकर्तालाई आ–आफ्नो वडामा केन्द्रित भएर सक्रिय हुन र आवश्यकता नपरेका अवस्थामा मात्रै अन्य वडा क्षेत्रमा जान पार्टीलाई जानकारी गराउन भनिएको छ। विज्ञप्तिमा भनिएको छ, “आ–आफ्नो टोल वा वडा छोडेर उम्मेदवारको पछि लाग्दा स्थानीयबासीसँग विचार आदानप्रदान र सहजीकरणमा असहजता उत्पन्न हुने भएकाले सबै साथीहरूलाई आफ्नै क्षेत्रमै केन्द्रित हुन अनुरोध गरिन्छ।”

Attariya Hospital

पार्टीका उम्मेदवारलाई विजयी बनाउनका लागि आ–आफ्नो टोल, वडामा सक्रिय परिचालन गरी जनमत सिर्जना गर्न नेता–कार्यकर्तालाई आग्रह गरिएको छ। यस निर्देशनले आगामी निर्वाचनमा पार्टीको प्रभाव र उम्मेदवारको पक्षमा स्पष्ट सहकार्य सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

nawajiwan
Advertize US