देउवाको निर्देशनः सुदूरपश्चिममा कांग्रेस उम्मेदवारलाई जिताउन नेता–कार्यकर्तालाई सक्रिय रहनुहोस्

Image
Nisarga Hospital

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउने अभियानलाई तीव्रता दिन निर्देशन दिएका छन्। बुधबार महाराजगन्जस्थित देउवा निवासमा भएको भेटघाटमा देउवाले मुख्यमन्त्री कमलबहादुर शाहसँग प्रदेश सरकारको तर्फबाट भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गराउन आवश्यक कदम चाल्न आग्रह गरे।

CP Hospital Dhangadhi

देउवाले कांग्रेस लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएको भन्दै, लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेता–कार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्ने जोड दिए। उनले भने, “स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्नु अहिलेको अपरिहार्यता हो।”

Attariya Hospital

सो अवसरमा पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणासहित अन्य कांग्रेस नेता पनि उपस्थित थिए। मुख्यमन्त्री शाहले पनि देउवासँगको भेटमा आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको सफलताका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे। यस बैठकले सुदूरपश्चिममा कांग्रेसको जित सुनिश्चित गर्न पार्टी एकजुट भएर काम गर्ने संकेत दिएको छ।

nawajiwan
Advertize US