बैतडीको गुरुखोला मोडमा दुःखद दुर्घटना : बसको ढोकाबाट खसेर ६५ वर्षीय पुरुषको ज्यान गयो

Image
Nisarga Hospital

बैतडीमा बसबाट खसेर एक जनाको ज्यान गएको छ। महेन्द्रनगरबाट बैतडी आउँदै गरेको सु.प.प्र. ०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका ६५ वर्षीय पदमराज भट्टको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार बिहीबार साँझ करिब ४:४० बजे दशरथचन्द राजमार्गअन्तर्गत नगरपालिका–१ गुरुखोलास्थित मोडमा बसको ढोकाबाट खस्दा भट्ट गम्भीर घाइते भएका थिए।

Attariya Hospital

घाइते भट्टलाई तत्काल जिल्ला अस्पताल बैतडी पुर्‍याइएको थियो। तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार टाउकोमा गम्भीर चोट लाग्नुका साथै कानबाट अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

nawajiwan

प्रहरीले बस र चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।