दार्चुलामा वृद्धाको हत्या: गरगहना लुटपाटमा संलग्न दुई युवक पक्राउ

Image
Nisarga Hospital

दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरी गरगहना लुटपाट गरिएको अभियोगमा स्थानीय २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षीय गोपाल नाथ पक्राउ परेका हुन्।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनका सहयोगीका रूपमा कार्यरत थिए। मृतकका छिमेकी समेत रहेका साउदकै योजनामा हत्या गरी लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Attariya Hospital

घटनापछि लुटिएका करिब दुई तोला बराबरका गरगहना समेत बरामद गरिएको छ। पक्राउ परेका साउद यसअघि चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए। उनीहरू लागूऔषध दुव्र्यसनीमा समेत संलग्न रहेको खुलेको छ।

nawajiwan

बयानका क्रममा दुवैले अभियोग स्वीकार गरेका छन्। संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक पदमबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले घटनाको अनुसन्धान सफलतापूर्वक अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।