कैलाली–४ मा गोरख बहादुर विष्टको प्रतिबद्धता सार्वजनिक, समावेशी विकास, रोजगारी र सुशासनलाई केन्द्रमा राख्दै व्यापक कार्ययोजना घोषणा

Image
Nisarga Hospital

अत्तरिया: गोरख बहादुर विष्टले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ का लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आइतबार आयोजित कार्यक्रममा उनले राष्ट्रवाद, लोकतन्त्र र समाजवादका मूल्यमान्यतामा आधारित समावेशी विकास, सुशासन र सामाजिक न्यायलाई आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पारे।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विष्टले कैलाली–४ को भौगोलिक विकटता, बेरोजगारी, गरिबी, पूर्वाधार अभाव तथा शिक्षा–स्वास्थ्य क्षेत्रका चुनौती समाधानका लागि ठोस र चरणबद्ध योजना तयार गरिएको बताए। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय, सहकार्य र साझेदारीमार्फत दिगो विकास सुनिश्चित गरिने उनको भनाइ छ।
कृषि, पशुपालन र सहकारी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उनले आधुनिक कृषि प्रणालीको विस्तार, सिँचाइ सुविधा वृद्धि, गुणस्तरीय मल–बीउको सहज आपूर्ति तथा कृषि उत्पादनको बजार सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याइने घोषणा गरे। कृषकलाई उत्पादनमा मात्र सीमित नराखी प्रशोधन र बजारीकरणमा जोड दिँदै ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाइने उल्लेख गरिएको छ। युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्न अनुदान, सहुलियत कर्जा र प्राविधिक तालिमको व्यवस्था गरिने योजना पनि समेटिएको छ।
शिक्षा क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै उनले सामुदायिक विद्यालयको स्तरोन्नति, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार र डिजिटल पूर्वाधार विकास गर्ने लक्ष्य अघि सारे। प्रत्येक वडामा निःशुल्क वाई–फाई जोन, ई–लाइब्रेरी र डिजिटल सीप तालिम सञ्चालन गरिने उल्लेख गरिएको छ। साथै, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति र विशेष सहयोग कार्यक्रम लागू गरिने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य चौकी तथा अस्पतालमा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सुधार तथा विशेषज्ञ सेवाको पहुँच बढाउने योजना समेटिएको छ। ग्रामीण भेगमा नियमित स्वास्थ्य शिविर सञ्चालन र आपत्कालीन सेवाको सुदृढीकरणमा विशेष जोड दिइएको छ।
उद्योग, लगानी र रोजगारी सिर्जनालाई अर्को प्रमुख एजेन्डा बनाउँदै विष्टले स्थानीय स्रोत–साधनमा आधारित साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरे। औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण, लगानीमैत्री वातावरण सिर्जना तथा युवालाई स्वरोजगारमुखी बनाउन सहुलियत कर्जा कार्यक्रम ल्याइने उनले बताए। विदेश पलायन भएका युवाको सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने वातावरण तयार पारिने उनको प्रतिबद्धता छ।
सामाजिक न्याय र समावेशितालाई विशेष महत्त्व दिँदै दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, महिला, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। श्रमिकको हक–हित संरक्षण, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन र सीमान्तकृत समुदायको सशक्तीकरणमा जोड दिइएको छ।
पूर्वाधार विकासतर्फ सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी तथा सरसफाइ विस्तार र विद्युत् सेवा सुदृढीकरण गर्ने योजना अघि सारिएको छ। जल, जमिन र जंगलको संरक्षणलाई प्राथमिकता दिँदै वातावरणीय सन्तुलन कायम राख्ने तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि संरक्षणमुखी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।
सुशासन र पारदर्शितालाई कार्यशैलीको आधार बनाउने प्रतिवद्धता जनाउँदै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताए। नागरिक सहभागितामा नीति निर्माण, सार्वजनिक सुनुवाइ र उत्तरदायित्व प्रणाली सुदृढ गर्दै विकास योजनाको प्रभावकारी अनुगमन तथा मूल्याङ्कनका लागि पारदर्शी संयन्त्र स्थापना गरिने उनले बताए।
कार्यक्रममा बोल्दै विष्टले कैलाली–४ का मतदातालाई विकास र परिवर्तनको यात्रामा साथ दिन आग्रह गरे। उनले युवाशक्तिलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा अघि सार्दै रोजगारी, सीप विकास र उद्यमशीलतामार्फत आत्मनिर्भर समाज निर्माण गर्ने प्रतिबद्धता

CP Hospital Dhangadhi
Attariya Hospital