
कैलालीको गोदावरीमा सञ्चालन भएको श्रीमद् भागवत ज्ञान महायज्ञमा महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले श्रद्धापूर्वक तुला दान गरेकी छन्। सेभ हाउसकै आयोजनामा सम्पन्न महायज्ञमा उनले आफ्नो तौल बराबरको सामग्री तराजुमा राखी दान अर्पण गरेकी हुन्।

तुला दान कार्यक्रममा उनका छोराहरू सुरेश मलासी र मनोज मलासी, बुहारीहरू तथा छोरीहरू कमला बिष्ट र गीता पुजारा लगायत परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो।

हिन्दू धर्ममा तुला दानलाई विशेष महादानका रूपमा लिने गरिन्छ। व्यक्तिले आफ्नो शरीरको तौल बराबर अन्न, सिक्का, गुड वा सुन जस्ता सामग्री दान गर्ने परम्परा धार्मिक आस्था र पुण्यसँग जोडिएको मानिन्छ।

जानकी मलासी विगत लामो समयदेखि अनाथ तथा असहाय बालबालिकाको संरक्षण र पालनपोषणमा सक्रिय रहँदै आएकी छन्। आश्रित बालबालिकाको सहयोगार्थ आयोजना गरिएको महायज्ञ आज धार्मिक विधिअनुसार समापन भएको आयोजकले जानकारी दिएका छन्।
































