चुरेमा एमाले छाडेर कांग्रेस प्रवेश गर्नेको लर्को

Image
Nisarga Hospital

अत्तरियाः चुरे गाउँपालिकामा नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर र वडा नम्बर ५ खानीडाडामा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन्।

CP Hospital Dhangadhi


सहजपुरमा आयोजित चुनावी सभामा एमालेका संगठित सदस्यहरु प्रेमबहादुर थापा, गणेश थापा, सन्तोष राना र भोजबहादुर धामी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

Attariya Hospital


उनीहरुलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द” ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। नेकपा एमालेमा रहँदा आफूहरु सधै अपहेलित भएको र नेताहरुले चुनावमा मात्र प्रयोग गर्ने गरेकाले एमाले त्यागेर कांग्रेसको समाजवाद नीति अवलम्बन गरेको प्रेमबहादुर थापाले बताए ।

nawajiwan

यसअघि आइतबार नै खानीडाँडामा एमाले परित्याग गरेर गोरखबहादुर धामी, सागरबहादुर मगर, बालकृष्ण कँडेल, मान जाग्री, ललित तामाङ, प्रकाशबहादुर बोहरा र पुरन धामी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।