
राष्ट्रिय स्वतन्त्र पार्टी ले माघ ६ गते धनगढीमा आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष सभा’ को तालिका सार्वजनिक गरेको छ। सभा बिहान ११ बजे शुरू भई दिउँसो १ बजे सम्पन्न हुने योजना छ। कार्यक्रममा बालेन शाह र पार्टी सभापति रवि लामिछाने प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

तालिकाअनुसार प्रारम्भमा राष्ट्रिय गान, शहीदप्रति श्रद्धाञ्जली र स्वागत मन्तव्य रहनेछ। त्यसपछि उम्मेदवारको मन्तव्य, सांस्कृतिक प्रस्तुति र हाइप बिल्डअप कार्यक्रम हुनेछ। दिउँसो १२:३० बजे बालेन शाहले १५ मिनेट विशेष सम्बोधन गर्नेछन् भने १२:४५ बजे रवि लामिछानेले १५ मिनेटको प्रमुख सम्बोधन गर्ने कार्यक्रम छ।

आयोजकले कार्यक्रम अनौपचारिक र उच्च ऊर्जा शैलीमा सञ्चालन हुने बताएका छन्। धनगढीपछि यो श्रृंखला क्रमशः सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा पनि आयोजना हुनेछ।


































