सुदूरपश्चिम प्रदेशमा TECSES परियोजनाको औपचारिक शुभारम्भ

Image
Nisarga Hospital

धनगढी: नेपालको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको Technical Support Cooperation to School Education Sector (TECSES) परियोजनाको सुदूरपश्चिम प्रदेशमा औपचारिक शुभारम्भ गरिएको छ।
शुभारम्भ कार्यक्रममा संघीय तथा प्रादेशिक सरकारका उच्चस्तरीय प्रतिनिधि, फिनल्यान्ड दूतावास, युरोपियन युनियन, स्थानीय सरकारका प्रतिनिधि तथा शिक्षा क्षेत्रमा कार्यरत विकास साझेदारहरूको सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

फिनल्यान्ड र युरोपियन युनियनको संयुक्त लगानीमा सञ्चालन भइरहेको TECSES परियोजनाले नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजना (School Education Sector Plan) लाई सहयोग पुर्‍याउने उद्देश्य राखेको छ। गुणस्तरीय तथा समावेशी शिक्षामा सुधार ल्याउने लक्ष्यसहित परियोजनाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयहरू तथा प्रादेशिक र स्थानीय सरकारहरूसँग सहकार्य गर्दै आएको छ।
यो परियोजना कर्णाली, मधेश र सुदूरपश्चिम गरी तीन प्रदेशमा कार्यान्वयन भइरहेको छ। २०२४ मा कर्णाली प्रदेशबाट सुरु भएको परियोजना अहिले सुदूरपश्चिम र मधेश प्रदेशमा विस्तार भइरहेको छ। परियोजना २०२४ देखि २०२९ सम्म पाँच वर्षसम्म सञ्चालन हुने जनाइएको छ।

सुदूरपश्चिम प्रदेशमा परियोजनाको शुभारम्भ सामाजिक विकास मन्त्री मेघराज खड्काले गरेका हुन्। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीको अध्यक्षता रहेको थियो। साथै लक्षित स्थानीय तहका नगरपालिका तथा गाउँपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै मन्त्री खड्काले नागरिकलाई स्वस्थ र सक्षम बनाउन आवश्यक रहेको उल्लेख गर्दै यस परियोजनाले त्यस दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले परियोजनाको सफल कार्यान्वयनमा स्थानीय तहको विशेष भूमिका रहने उल्लेख गर्दै त्यसअनुसार काम हुने अपेक्षा व्यक्त गरे।

nawajiwan
Attariya Hospital

TECSES परियोजनाले संघीय, प्रादेशिक र स्थानीय सरकारसँगै विश्वविद्यालयहरूसँग सहकार्य गर्दै शिक्षक शिक्षाको दीर्घकालीन विकासमा सहयोग पुर्‍याउने जनाएको छ। प्रमुख साझेदारहरूमा शिक्षा तालिम केन्द्र, शिक्षा विकास निर्देशनालय तथा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय रहेका छन्। परियोजनाले प्रदेशका ९ वटा स्थानीय तहसँग सहकार्य गर्दै विद्यालय र शिक्षकलाई सहयोग पुर्‍याउने काम गर्नेछ।
यसैबीच, सुदूरपश्चिम विश्वविद्यालयमा TECSES परियोजनामार्फत दुई विषयमा विशेषज्ञतासहितको पाठ्यक्रम विकास भइरहेको जनाइएको छ, जसले शिक्षक शिक्षाको गुणस्तर सुधारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यी प्रयासहरूले स्थानीय तहको सक्रिय सहभागिता र स्वामित्वसहित शिक्षा प्रणालीलाई समन्वित रूपमा विकास गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

सुदूरपश्चिममा रामदास चौधरीले धनगढीस्थित TECSES कार्यालयमार्फत प्रादेशिक तथा स्थानीय सरकार, शैक्षिक संस्थाहरू र साझेदारहरूसँग समन्वय गरिरहेका छन्। “शिक्षकहरूमा आत्मविश्वास बढ्दै गएको र विद्यालयहरू सबैका लागि, विशेषगरी सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाका लागि अझ समावेशी बन्दै गएको देख्दा म प्रेरित हुन्छु,” उनले भने।
फिनल्यान्ड लामो समयदेखि नेपालको शिक्षा क्षेत्रमा विश्वसनीय साझेदार रहँदै आएको छ। यसले शिक्षामा पहुँच विस्तार, गुणस्तर अभिवृद्धि र समावेशितामा सुधारमा ध्यान केन्द्रित गर्दै आएको छ। फिनल्यान्डको प्राविधिक सहयोग हेलसिंकी विश्वविद्यालयको निरन्तर शिक्षा कम्पनी, हेलसिंकी विश्वविद्यालयको शैक्षिक विज्ञान संकाय, (Hame University of Applied Sciences)हामे युनिभर्सिटी अफ एप्लाइड साइन्सेसको School of Professional Teacher Education तथा फिनल्यान्डको गैरसरकारी साझेदार FCA मार्फत उपलब्ध गराइँदै आएको छ।

Advertize US