यातायात कार्यालयमा बिचौलिया सक्रिय, १६ जना पक्राउ

Image
Nisarga Hospital

काठमाडौँका विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीलाई हैरानी दिने र अवैध रूपमा रकम असुल्ने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिलबुक नवीकरण गरिदिने बहानामा उनीहरूले सेवाग्राहीलाई दुःख दिइरहेका थिए। सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुक समेत बरामद गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

Attariya Hospital

स्वयम्भू प्रहरीले सानोभर्‍याङस्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ। त्यसैगरी थानकोट प्रहरीले गुर्जुधारास्थित कार्यालयबाट थप ८ जनालाई पक्राउ गरेको हो।

nawajiwan

प्रहरीका अनुसार यातायात कार्यालयमा बिचौलियाका कारण सेवाग्राहीले लामो समयदेखि सास्ती भोग्दै आएका थिए। नियन्त्रणपछि सेवाप्रवाह सुधार हुने अपेक्षा गरिएको छ।

Advertize US