
सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनी लगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न पूर्ण प्रतिबद्धता जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता तथा सरोकारवालालाई चिनी लगायत दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चिति नगर्न आग्रह गरेका छन् ।
पछिल्लो पटक भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गर्दै निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति मन्त्रालयले ध्यानाकर्षण जनाएको छ ।


मन्त्रालयले उपभोक्ता हित, बजार मूल्य स्थिरता र सहज आपूर्तिलाई प्राथमिकतामा राखी आवश्यक कार्य भइरहेको जनाएको छ ।
हाल सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण तथा खाद्य व्यवस्था र साल्ट ट्रेडिङसँग करिब आठ महिनाको माग धान्ने अवस्था रहेको छ ।
मन्त्रालयले बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा समन्वयलाई प्रभावकारी बनाउँदै कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्ने प्रतिबद्धता जनाएको छ ।
चिनीमा आत्मनिर्भरता हासिल गर्न उखु उत्पादन, प्रविधि प्रयोग र किसान सहजीकरणमा सरकार सक्रिय रहेको जनाइएको छ ।
सरकारले उत्पादन वृद्धि, नवप्रवर्तन, आधुनिक प्रविधिको प्रयोग र आपूर्ति सञ्जाल सुदृढीकरणमार्फत बजारमा दीर्घकालीन स्थिरता कायम गर्ने रणनीति अघि बढाएको जनाएको छ छ हाल सरकार अग्रसर ।































