कांग्रेस युवा नेता रावतको आग्रह: वैमनस्य छोडी पार्टी एकतामा जुटौं

Image
Nisarga Hospital

कांग्रेस युवा नेता सुरत रावतले पार्टीभित्र देखिएको विभाजन र सामाजिक सञ्जालमा चलिरहेको विवादप्रति चिन्ता व्यक्त गर्दै सबैलाई एकतामा आउन आग्रह गरेका छन्। उनले पार्टीको आधिकारिक प्रदेश कार्यसमितिले आफ्ना नियमित कार्यक्रम सञ्चालन गर्दा पनि “कांग्रेस दुई छ” भन्ने मानसिकता फैलाइँदै जानु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।

CP Hospital Dhangadhi

रावतले पार्टी कुनै व्यक्तिको दास वा स्वार्थको आधारमा नचल्ने स्पष्ट पार्दै संगठनभित्रको मर्यादा र आन्तरिक लोकतन्त्रलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। उनले केही समूहले सामाजिक सञ्जालमार्फत उग्रता, वैमनस्य र गलत प्रचार फैलाइरहेको भन्दै त्यसले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए।

Attariya Hospital

उनका अनुसार, अबको आवश्यकता आरोप–प्रत्यारोप होइन, साझा उद्देश्यका लागि एकताबद्ध प्रयास हो। उनले पार्टीभित्र पुनर्जागरण अभियानलाई प्रदेश, जिल्ला, क्षेत्र र पालिका तहसम्म विस्तार गर्नुपर्ने सुझाव दिए।

nawajiwan

रावतले सबै नेता–कार्यकर्तालाई सामाजिक सञ्जालको “युद्ध” त्यागेर संगठन सुदृढीकरण र जनताको भरोसा जित्ने दिशामा केन्द्रित हुन आग्रह गरेका छन्।