अमेरिका–इरान युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौता, ६० दिने युद्धविराम घोषणा

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिनादेखिको युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका छन्। फ्रान्सको एभियानमा जारी जी–सेभेन शिखर सम्मेलनका क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटपछि उनले कूटनीतिक सफलता भएको बताएका हुन्।

CP Hospital Dhangadhi

सम्झौताको औपचारिक हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्याण्डको जेनेभामा हुने जनाइएको छ। सोही दिनदेखि रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ व्यापारिक जहाजका लागि पुनः खुला गरिनेछ भने अमेरिकाले केही बन्दरगाहमा लगाएको नाकाबन्दी हटाउनेछ।

सम्झौताअनुसार इरानले आणविक हतियार विकास नगर्ने, क्षेत्रीय शान्ति कायम गर्ने र आतंकवादी समूहलाई सहयोग रोक्ने प्रतिबद्धता जनाएको छ। बदला स्वरूप प्रतिबन्ध फुकुवा र रोक्का सम्पत्ति चरणबद्ध रूपमा खुला गरिनेछ। उपराष्ट्रपति जेडी भान्सका अनुसार यो डेढ पानाको भए पनि अत्यन्त महत्वपूर्ण दस्ताबेज हो।

nawajiwan
Attariya Hospital

कतारको दोहामा आणविक कार्यक्रमसम्बन्धी प्राविधिक वार्ता सुरु हुँदैछ भने पाकिस्तान, कतार, टर्की र इजिप्टको मध्यस्थतामा सम्झौता सम्भव भएको हो। यसले ६० दिनको युद्धविराम विस्तार गर्नेछ, जसमा स्थायी शान्ति सम्झौताका विस्तृत बुँदामाथि छलफल हुनेछ।

सम्झौताको खबरसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। यद्यपि, अमेरिकी रक्षा मन्त्रालयले क्षेत्रीय सैन्य सतर्कता कायम रहने जनाएको छ।