रास्वपा महाधिवेशन: सुदूरपश्चिमबाट नेतृत्व प्रतिस्पर्धा तीव्र, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म दाबी

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी छ, जसले नयाँ नेतृत्व चयन गर्नेछ। सुदूरपश्चिम अछामका भूपदेव शाह प्रधानमन्त्री बालेन समूहबाट महामन्त्री बन्ने दौडमा रहेका छन्।

CP Hospital Dhangadhi

महाधिवेशनले सुदूरपश्चिम भूगोलबाट ५ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ भने खुला प्रतिस्पर्धाको व्यवस्था पनि गरिएको छ। केन्द्रीय सदस्यका लागि बहालवाला सांसददेखि जेनजी आन्दोलनका अभियान्तासम्मले दाबी गरेका छन्।

Attariya Hospital

कैलाली–५ का सांसद आनन्द बहादुर चन्द, कैलाली–२ का केपी खनाल, कञ्चनपुर–३ का ज्ञानेन्द्र महता र डडेल्धुराका सांसद डा. ताराप्रसाद जोशीले केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका छन्। त्यस्तै बाजुराका हेमराज थापा, अछामका खेमराज साउद, डडेल्धुराका विजय जैरु, धनगढीका शैलेश सिंह र कैलालीकी करिश्मा कठरीयासमेत प्रतिस्पर्धामा छन्।

nawajiwan

कैलालीकी जानिका जोशी र कञ्चनपुरकी चन्द्रा ऐर चाँदनीले पनि केन्द्रीय सदस्यमा दाबी गरेकी छन्। डडेल्धुराका दिपक बोहराले महामन्त्रीमा भूपदेव शाहलाई चुनौती दिँदै उम्मेदवारी घोषणा गरेका छन्। तर उनी सहमहामन्त्रीमा सहमति नभएपछि केन्द्रीय सदस्यमै सीमित हुने सम्भावना देखिएको छ।