रास्वपा महाधिवेशनको बन्दसत्र आज, प्रतिवेदन छलफलसँगै निर्वाचन प्रक्रिया सुरु हुने

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्र हुँदैछ। आइतबार भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र बिहान साढे ८ बजे चितवन प्रदर्शनी केन्द्रमा सुरु हुने कार्यक्रम छ।

CP Hospital Dhangadhi

बन्दसत्रको प्रारम्भ सभापति रवि लामिछानेले गर्नेछन्। सत्रमा राजनीतिक, संगठनात्मक, आर्थिक तथा अनुशासनसम्बन्धी महत्वपूर्ण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका रहेको छ।

सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्नेछन्। महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन्। साथै, सहमहामन्त्रीको नेतृत्वमा पार्टीको विधानमाथि छलफल तथा पारित गर्ने तयारी छ।

nawajiwan
Attariya Hospital

प्रतिवेदन छलफलपछि निर्वाचन प्रक्रिया पनि सँगसँगै अघि बढाइनेछ। राजनीतिक प्रतिवेदन पारित भएपछि अन्तरिम व्यवस्थापन समिति गठन गरिनेछ, जसले निर्वाचन आयोगलाई जिम्मेवारी हस्तान्तरण गर्नेछ।

त्यसपछि निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गर्नेछ। नयाँ कार्यसमिति चयनसँगै महाधिवेशन मंगलबारसम्म सम्पन्न हुने रास्वपाले जनाएको छ।