कतारको रस लाफान ग्यास प्लान्टमा विष्फोट : १३ जनाको मृत्यु, नेपालीसहित दर्जनौं घाइते

Image
Nisarga Hospital

कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीसहित विभिन्न देशका नागरिक घाइते भएका छन्। घटनामा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको छ भने ६६ भन्दा बढी घाइते भएका छन्। घाइतेहरूमा नेपाल, कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरू रहेका छन्।

CP Hospital Dhangadhi

कतारका ऊर्जा मन्त्री साद अल–काबीका अनुसार सबै घाइतेहरूको उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। भारतीय दूतावासले पनि १२ भारतीयको मृत्यु भएको पुष्टि गर्दै घाइतेहरूलाई आवश्यक उपचार दिइरहेको जनाएको छ।

सरकारी पक्षले यो घटना आक्रमण नभई ‘दुर्घटना’ भएको स्पष्ट पारेको छ। प्रारम्भिक आशंकाहरू भए पनि कतारले यसलाई कुनै शत्रुतापूर्ण गतिविधिसँग सम्बन्धित नभएको जनाएको छ। विष्फोटपछि लागेको आगो आइतबार राति नै नियन्त्रणमा लिइएको थियो।

nawajiwan
Attariya Hospital

प्रत्यक्षदर्शीका अनुसार विष्फोटको आवाज ६० किलोमिटर टाढासम्म सुनिएको थियो र ठूलो आगो तथा बाक्लो धुवाँ देखिएको थियो। ऊर्जा मन्त्रीले घटनाले ग्यास निर्यात वा आन्तरिक आपूर्तिमा कुनै असर नपार्ने बताएका छन्।

यसअघि पनि सोही क्षेत्रमा इरानी आक्रमणका कारण क्षति पुगेको इतिहास रहेकाले प्रारम्भिक आशंका उठेको थियो। तर हालको घटनालाई पूर्ण रूपमा दुर्घटना भएको पुष्टि गरिएको छ।