सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा १ हजार ४०० रुपैयाँ सस्तो

Image
Nisarga Hospital

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५५ रुपैयाँ निर्धारण गरिएको छ।

Attariya Hospital

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेको जनाएको छ। विश्व बजारको मूल्य परिवर्तनअनुसार नेपालमा दैनिक रूपमा सुनचाँदीको मूल्य समायोजन हुँदै आएको छ। पछिल्ला दिनमा मूल्यमा आएको गिरावटले सुन खरिद गर्ने उपभोक्तालाई केही राहत पुगेको व्यवसायीहरूको भनाइ छ।

nawajiwan