एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, २० विश्वकप गोलसहित फ्रान्स सेमिफाइनलमा

Image
Nisarga Hospital

अमेरिकामा जारी फिफा विश्वकप–२०२६ मा फ्रान्सका स्टार फरवार्ड किलियान एम्बाप्पेले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थपेका छन्। मोरक्कोविरुद्धको क्वाटरफाइनलमा गोल गर्दै उनले विश्वकप इतिहासमा आफ्नो कुल गोलसंख्या २० पुर्‍याएका हुन्। उनले यो कीर्तिमान केवल २० खेलमै कायम गर्दै सबैभन्दा कम खेलमा २० विश्वकप गोल गर्ने खेलाडी बनेका छन्।

CP Hospital Dhangadhi

जारी विश्वकपमा एम्बाप्पेले ६ खेलमा ८ गोल र ३ असिस्ट गरेका छन्। समान ८ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसी असिस्टमा पछि परेका छन्। मेसीले ५ खेलमा ८ गोल र १ असिस्ट गरेका छन्, जसका आधारमा गोल्डेन बुटको दौडमा एम्बाप्पे अग्रस्थानमा छन्।

Attariya Hospital

गएराति भएको क्वाटरफाइनलमा एम्बाप्पे र ओसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनल यात्रातर्फ एक कदम नजिक पुगेको छ। फ्रान्स अब सेमिफाइनलमा उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रिनेछ।

nawajiwan