
आगामी वि.सं. २०८३ साल असार २८ गते हुन गइरहेको अत्तरिया उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सम्पूर्ण व्यवसायी तथा सदस्य महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु कि आफ्नो अमूल्य मताधिकारको प्रयोग गरी लोकतान्त्रिक प्रक्रियालाई अझ सशक्त बनाउनुहोस्।

उद्योग, व्यापार र व्यवसायको समृद्धि केवल नाराले होइन, सक्षम, इमानदार, दूरदर्शी र जिम्मेवार नेतृत्वबाट सम्भव हुन्छ। त्यसैले यो निर्वाचनलाई सामान्य औपचारिकता नभई अत्तरिया उद्योग वाणिज्य सङ्घको भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसरका रूपमा लिनु आवश्यक छ।
हामीले दिने एउटा मतले आगामी नेतृत्वको दिशा मात्र तय गर्दैन, व्यवसायीहरूको हक–हित, अधिकार, अवसर र समग्र व्यापारिक वातावरण निर्माणमा पनि ठूलो प्रभाव पार्दछ। त्यसैले कुनै पनि व्यक्तिगत सम्बन्ध, दबाब, आग्रह वा प्रलोभनभन्दा माथि उठेर आफ्नो विवेक, अनुभव र सही मूल्याङ्कनका आधारमा योग्य उम्मेदवारलाई मतदान गरौं।

असार २७ गते अत्तरिया उद्योग वाणिज्य सङ्घको प्राङ्गणमा उपस्थित भई आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरौं। हाम्रो सक्रिय सहभागिताले मात्र बलियो, पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री नेतृत्व स्थापित गर्न सक्छ।

आउनुहोस्, हामी सबै मिलेर सक्षम, इमानदार, कर्मशील र ऊर्जाशील युवा नेतृत्वको चयन गरौं। व्यक्तिगत स्वार्थभन्दा संस्थाको हितलाई प्राथमिकता दिऔँ। आजको सही निर्णयले भोलिको समृद्ध अत्तरिया र सशक्त उद्योग वाणिज्य सङ्घको आधार तयार गर्नेछ।
तपाईंको एउटा अमूल्य मत केवल मत होइन, अत्तरिया उद्योग वाणिज्य सङ्घको उज्ज्वल भविष्यप्रतिको जिम्मेवारी हो। असार २७ गते अनिवार्य रूपमा मतदान गरौं। विवेकपूर्ण मतदान गरौं। सक्षम नेतृत्व चयन गरौं।
भिम बहादुर खड्का
त्रिभुवन विश्वविद्यालय
क्याम्पस किर्तीपूर विद्यार्थी
































