नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

Image
Nisarga Hospital

कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

CP Hospital Dhangadhi

सांसद शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको आक्रमणमा संलग्न रहेको आरोप लागेको छ। उक्त घटनासम्बन्धी जाहेरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ।

Attariya Hospital

कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार कुटपिट घटनामा सांसद शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ र कानुनी प्रक्रिया अघि बढाइएको छ।

nawajiwan

पीडित सीताराम शर्माले सांसद शाह, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूह आफ्नो निवासमै प्रवेश गरी अन्धाधुन्ध कुटपिट गरेको आरोप लगाएका छन्। यसअघि घटनामा संलग्नविरुद्ध जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले आलटाल गरेको भन्दै पीडित पक्षले गुनासोसमेत गरेको थियो। अब अदालतको आदेशपछि घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

# ट्रेण्डिङ