धितोपत्र र बिमा कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा

Image
Nisarga Hospital

जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा आरोपित बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

CP Hospital Dhangadhi

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले एक सातासम्म निरन्तर भएको थुनछेक बहसपछि बिहीबार आदेश जारी गरेको हो। अदालतले बिमासम्बन्धी कसुरमा दीपक भट्टसँग दुई करोड रुपैयाँ र सुलभ अग्रवालसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको छ। यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग थप डेढ करोड रुपैयाँ तथा भट्टसँग एक करोड रुपैयाँ धरौटी मागिएको छ।

Attariya Hospital

यससँगै हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसम्बन्धी छुट्टै मुद्दामा पनि अदालतले सुलभ अग्रवालसँग थप दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ। आदेशअनुसार तोकिएको धरौटी बुझाएपछि दुवै जना रिहा हुनेछन्।

nawajiwan

# ट्रेण्डिङ