स्वदेशी जुत्ता–चप्पल उद्योगलाई सरकारी साथ : उत्पादन, रोजगारी र निर्यात प्रवर्द्धनमा जोड

Image
Nisarga Hospital

प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको विकास, आयात प्रतिस्थापन, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीसँग भएको छलफलमा उहाँले उद्योगमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

CP Hospital Dhangadhi

प्रधानमन्त्री शाहले तिनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, बजार प्रवर्द्धन तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जानकारी दिनुभयो। साथै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको प्रभावकारी ट्र्याकिङ र अभिलेख व्यवस्थापन गरिने तथा स्वदेशी उत्पादनको प्रयोग र बजार विस्तारमा विशेष जोड दिइने उल्लेख गर्नुभयो।

Attariya Hospital

छलफलका क्रममा उद्योगीहरूले भारतबाट हुने अवैध चोरी पैठारी नियन्त्रण, कर तथा भ्याटको दायराबाहिर रहेका ब्रान्डलाई कानुनी दायरामा ल्याउने, गुणस्तरहीन तथा सस्तो आयातित जुत्ता–चप्पलमा कडाइ गर्ने र अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

nawajiwan

उद्योगीहरूले आवश्यक नीतिगत सहयोग र बजार संरक्षण उपलब्ध भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन भई रोजगारी र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

# ट्रेण्डिङ