नेपालमा हाइड्रोजन सवारीको तयारी तीव्र, नीति बनाउन सरकारद्वारा सुझाव आह्वान

Image
Nisarga Hospital

नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो र प्रभावकारी विकासका लागि सरकारले नीतिगत तयारीलाई तीव्रता दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाइड्रोजन प्रविधि भित्र्याउन आवश्यक नीति, कानुनी व्यवस्था र प्राविधिक मापदण्ड तयार गर्न विज्ञ, अनुसन्धान संस्था, उद्योग, विश्वविद्यालय, विकास साझेदार तथा अन्य सरोकारवालाबाट लिखित सुझाव मागेको हो।

CP Hospital Dhangadhi

मन्त्रालयले अन्तर्राष्ट्रिय अभ्यास, सुरक्षा मापदण्ड, नियामक व्यवस्था, आवश्यक जनशक्ति विकास तथा हाइड्रोजन उत्पादनदेखि रिफ्युलिङ स्टेशनसम्मका पूर्वाधारसम्बन्धी सुझाव संकलन गरिरहेको जनाएको छ। साथै, परम्परागत इन्धनबाट चल्ने सवारीलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण (रेट्रोफिटिङ) गर्ने सम्भावना, लागत र प्राविधिक पक्षबारे पनि सुझाव मागिएको छ।

Attariya Hospital

इच्छुक संस्था तथा विज्ञहरूले आगामी साउन २० गतेसम्म मन्त्रालयको आधिकारिक इमेलमार्फत सुझाव पठाउन सक्नेछन्। प्राप्त सुझावको अध्ययनपछि नेपालमा हाइड्रोजन सवारी सञ्चालनसम्बन्धी ठोस नीति, कानुनी व्यवस्था र कार्यविधि तयार गरिने मन्त्रालयको योजना छ। सरकारले यस कदमलाई हरित, प्रदूषणमुक्त र आधुनिक यातायात प्रणालीतर्फको महत्त्वपूर्ण सुरुआतका रूपमा लिएको छ।

nawajiwan