
स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ५,४०० रुपैयाँले बढेर दुई लाख ९१ हजार रुपैयाँ पुगेको छ। प्रति १० ग्राम सुनको मूल्य दुई लाख ४९ हजार ४८५ रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले बढ्दै चार हजार ४८० रुपैयाँ निर्धारण गरिएको छ। प्रति १० ग्राम चाँदीको मूल्य तीन हजार ८४१ रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य निरन्तर उकालो लागिरहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो। अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस चार हजार १३९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
































