सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा रु ५,८०० ले सस्तो

Image
Nisarga Hospital

स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला रु ५ हजार ८०० ले घटेर रु २ लाख ८५ हजार ५०० मा झरेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५५ ले घट्दै रु ४ हजार ३५० कायम भएको छ।

CP Hospital Dhangadhi

बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ३०० र चाँदी रु ४ हजार ५०५ मा कारोबार भएको थियो। पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन देखिएको छ।

Attariya Hospital

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ४५ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय मूल्यको प्रभाव स्थानीय बजारमा समेत प्रत्यक्ष रूपमा पर्ने भएकाले आगामी दिनमा पनि सुनचाँदीको मूल्यमा थप उतारचढाव हुन सक्ने अनुमान गरिएको छ।

nawajiwan