देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

Image
Nisarga Hospital

कैलाली: सुदूरपश्चिम प्रदेशमा महिन्द्रा फोरह्विल सवारीसाधनको आधिकारिक बिक्री तथा बिक्री–पछिको सेवा प्रदान गर्दै आएको ठाकुर अटो केयर देशकै उत्कृष्ट बिक्री–पछिको सेवा (After Sales Service) प्रदान गर्ने संस्थाको रूपमा सम्मानित भएको छ।

CP Hospital Dhangadhi

अग्नि ग्रुपले काठमाडौँमा आयोजना गरेको विशेष कार्यक्रममा ठाकुर अटो केयरलाई “वर्षको उत्कृष्ट बिक्री–पछिको सेवा” (Best After Sales Service Award) प्रदान गरेको हो। उक्त सम्मान ठाकुर अटो केयरका सञ्चालक हरि शंकर ठाकुर ले ग्रहण गरेका थिए।

देशभरका महिन्द्रा फोरह्विल डिलरहरूमध्ये ग्राहकलाई गुणस्तरीय मर्मत–सम्भार, समयमै सेवा, प्राविधिक दक्षता तथा ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिएको मूल्याङ्कनका आधारमा ठाकुर अटो केयर यो प्रतिष्ठित अवार्डबाट सम्मानित भएको अग्नि ग्रुपले जनाएको छ।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिम प्रदेशमा महिन्द्रा फोरह्विल गाडीको बिक्री, मर्मत तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराउँदै आएको ठाकुर अटो केयरले ग्राहकको विश्वास जित्दै आएको छ। देशव्यापी प्रतिस्पर्धामाझ प्राप्त भएको यो सम्मानले सुदूरपश्चिमको व्यवसायिक क्षमतालाई राष्ट्रिय स्तरमा स्थापित गरेको विश्वास गरिएको छ।

अवार्ड ग्रहणपछि सञ्चालक हरि शंकर ठाकुरले ग्राहकको विश्वास, कर्मचारीको समर्पण र अग्नि ग्रुपको सहयोगकै कारण यो सफलता सम्भव भएको बताए। आगामी दिनमा पनि अझ गुणस्तरीय र विश्वासिलो बिक्री–पछिको सेवा प्रदान गर्दै ग्राहकको अपेक्षा पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।