
स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला रु १ हजारले घटेर रु २ लाख ८३ हजार २०० कायम भएको छ। यता चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु ४ हजार ३२० पुगेको छ।

मंगलबार छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार २०० र चाँदी रु ४ हजार ३१० मा कारोबार भएको थियो। त्यस्तै, सोमबार सुन प्रतितोला रु २ लाख ८८ हजार ५०० तथा चाँदी रु ४ हजार ४४५ मा कारोबार भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको कारोबार जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४,०२९ अमेरिकी डलर र एक औँस चाँदी ५७ अमेरिकी डलर मा कारोबार भइरहेको छ।































