सुन प्रतितोला रु २ लाख ८५ हजार पुग्यो, चाँदीको मूल्य पनि बढ्यो

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भई दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ थियो।

CP Hospital Dhangadhi

महासंघका अनुसार शुक्रबार प्रतिदश ग्राम सुनको मूल्य दुई लाख ४४ हजार ३४० रुपैयाँ निर्धारण गरिएको छ।

Attariya Hospital

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला चार हजार ३१० रुपैयाँ रहेको चाँदी शुक्रबार चार हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

nawajiwan

यस्तै, प्रतिदश ग्राम चाँदीको मूल्य तीन हजार ७३८ रुपैयाँ निर्धारण गरिएको छ। सुन र चाँदी दुवैको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजारमा कारोबार पनि सोहीअनुसार हुने महासंघले जनाएको छ।