
नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। आइतबार यही सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सोमबारका लागि सुनको मूल्य प्रति १० ग्राम २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरेको जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ३१५ रुपैयाँ रहेको चाँदी सोमबार प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति १० ग्राम ३ हजार ७३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।































