नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९६ हजार ९००

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५४ हजार ५४५ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको चाँदी शुक्रबार ४ हजार ५८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ९२७ रुपैयाँ तोकिएको छ।

Attariya Hospital

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढाव तथा विदेशी मुद्राको विनिमय दरलाई आधार बनाएर महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिअनुसार नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिँदै आएको छ।

nawajiwan