
नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ रुपैयाँ कायम भएको छ। मंगलबार भने १० ग्राम सुन २ लाख ६३ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७८० रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।


महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ६८ रुपैयाँ तोकेको छ। मंगलबार १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ रहेको थियो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्। बजारमा सुनको मूल्य महँगो भइरहेका बेला सामान्य गिरावट आएपछि उपभोक्तालाई केही राहत मिलेको छ। यद्यपि, मूल्य अझै उच्च विन्दुमा रहेको छ।






























