सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

CP Hospital Dhangadhi

बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेको थियो। पछिल्लो दुई दिनमै सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।

Attariya Hospital

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ९० रुपैयाँ घटेर प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा भने शुक्रबार सुन प्रतिऔंस ४ हजार ३ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत पर्ने भएकाले आगामी दिनमा सुन–चाँदीको मूल्यमा थप परिवर्तन आउन सक्ने व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय उच्च विन्दुमा पुगेको सुनको मूल्यमा आएको गिरावटले उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।