सुनको मूल्यमा फेरि उछाल, तोलामै रु ३ हजार ६०० बढ्यो

Image
Nisarga Hospital

स्थानीय बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ३ हजार ६०० ले बढेर रु ३ लाख ५ हजार २०० पुगेको हो। शुक्रबार छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ६०० मा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ५० ले वृद्धि भएको छ। आज चाँदी प्रतितोला रु ४ हजार ७१० मा कारोबार भइरहेको छ भने शुक्रबार यसको मूल्य रु ४ हजार ६६० थियो।

अन्तरराष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ३७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

स्थानीय तथा अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा समेत निरन्तर परिवर्तन भइरहेको छ।

Dhnagadhi & Krishanapur