
नेपाली बजारमा सुनको मूल्य सोमबार उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले वृद्धि भएको हो।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबारका लागि मूल्य निर्धारण गरिएको छ। आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिन ३ हजार २०० रुपैयाँले मूल्य बढेपछि सुन हालसम्मकै उच्च मूल्यतर्फ उक्लिएको छ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६६५ रुपैयाँ कायम भएको छ। सुनको मूल्यमा निरन्तर उतारचढाव भइरहँदा उपभोक्ता तथा व्यवसायी दुवै प्रभावित भएका छन्।


यता, चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी सोमबार १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार २५७ रुपैयाँ कायम भएको छ। सुन बढ्दा चाँदी भने सामान्य घटेको हो।































