नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घट्यो, दुई दिनमै तोलामा ९ हजार ५ सय रुपैयाँ सस्तो

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यसअनुसार प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६४ हजार ९ सय २० रुपैयाँ निर्धारण गरिएको छ।

CP Hospital Dhangadhi

यसअघि भदौ १२ गते छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनकै अवधिमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।

Attariya Hospital

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ९८ रुपैयाँ कायम भएको छ।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आउने उतारचढाव तथा अमेरिकी डलरको विनिमय दरमा हुने परिवर्तनको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने भएकाले सुनचाँदीको मूल्य दैनिक रूपमा घटबढ हुने महासङ्घले जनाएको छ।