सुन २ हजार ४०० रुपैयाँले घट्यो, चाँदी स्थिर

Image
Nisarga Hospital

नेपाली बजारमा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको थियो।
यससँगै सोमबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको छ। पछिल्ला दिनमा उच्च मूल्यमा कारोबार भइरहेको सुनको भाउमा आएको यो गिरावटले बजारमा केही राहत मिलेको छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्य र स्थानीय बजार अवस्थाका आधारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital