
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज सस्तिएको हो।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८ सय ६० रुपैयाँ रहेको थियो।

यता, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। १० ग्राम चाँदीको मूल्य पनि घटेर ४ हजार ८५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ४ हजार ९८ रुपैयाँ रहेको थियो।































