सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ८०० रुपैयाँ घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्ने क्रमले बुधबार थप तीव्रता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एकैदिन तोलामा ८ हजार ८०० रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

भारी गिरावटसँगै बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर ३ लाख ६ हजार १०० रुपैयाँमा झरेको थियो।

त्यसअघि सोमबार सुन तोलामा २ हजार ४०० रुपैयाँ घटेर ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार पनि सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो।

nawajiwan
Attariya Hospital

यससँगै पछिल्लो चार कारोबार दिनमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। लगातारको मूल्य घटाइले उपभोक्तालाई केही राहत मिलेको छ।

सुनसँगै चाँदीको मूल्य पनि बुधबार घटेको छ। चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा झरेको महासंघले जनाएको छ। मंगलबार चाँदी ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।