सुनको मूल्यमा एकैदिन ७ हजार ६ सय रुपैयाँको उछाल, चाँदी पनि बढ्यो

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्य आज एकैदिन प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो।

CP Hospital Dhangadhi

महासङ्घका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको छ।

Attariya Hospital

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदी बिहीबार १ सय ४५ रुपैयाँले बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ५१ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

nawajiwan