
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ रहेको थियो। एकैदिन सुनको भाउमा उल्लेख्य वृद्धि भएपछि आज नयाँ मूल्य कायम भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार बढेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १०५ रुपैयाँले वृद्धि भएको हो। बुधबार प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ।

यससँगै पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हुने परिवर्तन, अमेरिकी डलरको विनिमय दर तथा विश्व बजारको मागलगायतका कारणले नेपाली बजारमा समेत सुनचाँदीको मूल्य प्रभावित हुने गर्छ।































