पाँच दिनमा काठमाडौंमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिन्डर बिक्री, तर लाईन भने घटेन

Image
Nisarga Hospital

नेपाल आयल निगमका अनुसार पछिल्ला पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री गरिएको छ। कृष्णभिर पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइएको निगमले जनाएको छ।

CP Hospital Dhangadhi

निगमका अनुसार सोमबार ४८ हजार १०९, मंगलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र शुक्रबार ४० हजार ६३६ थान सिलिन्डर काठमाडौं ल्याएर बिक्री गरिएको हो।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका उद्योगका सिलिन्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीस्थित उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको जनाएको छ।

nawajiwan
Attariya Hospital

पृथ्वी राजमार्ग नियमित रूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गबाट ग्यास सिलिन्डर काठमाडौं ल्याई बिक्री गर्ने व्यवस्था निरन्तर रहने निगमले जनाएको छ। राजमार्ग अवरुद्ध भए पनि उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक ढुवानी व्यवस्था मिलाइएको निगमको भनाइ छ।

यसअघि राजमार्ग अवरुद्ध हुँदा ग्यास आपूर्ति प्रभावित हुने आशंका बढे पनि निगमले वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति व्यवस्थापन गरिरहेको जनाएको छ। निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्नसमेत आग्रह गरेको छ।