
नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ थियो।
त्यस्तै, सुनको मूल्य १० ग्राममा २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो।
महासंघका अनुसार चाँदीको मूल्य १० ग्राममा ३ हजार ९६१ रुपैयाँ कायम भएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिँदै आएको छ।
































