सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घट्यो, सुन तोलामा ९०० रुपैयाँ सस्तियो

Image
Nisarga Hospital

नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (भदौ ३०) छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य १ हजार २०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि आइतबार भने सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ पुगेको थियो।

Attariya Hospital

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
सोमबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ पुगेको थियो।

nawajiwan