सुनको मूल्य फेरि उकालो, तोलामा २१ सय रुपैयाँले बढ्यो

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आइतबार २ हजार १०० रुपैयाँले महँगिएको हो। त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Attariya Hospital

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको छ।

nawajiwan