सुनको मूल्यमा फेरि गिरावट, प्रतितोला १ हजार ७०० रुपैयाँले घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो।

CP Hospital Dhangadhi

मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँ थियो। त्यसअघि आइतबार भने सुनको मूल्य २ हजार १०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो।

Attariya Hospital

यसैगरी, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँ कायम भएको छ।
सोमबार चाँदी प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि आइतबार चाँदीको मूल्य २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको थियो।

nawajiwan

पछिल्ला केही दिनको उतारचढावले नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन देखिएको छ।