सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

डाक्टरजी म निको आफ्नै बिमार गराउन आएको हु,
साच्चै रगत बेचेर आफ्नै उपचार गराउन आएको हु।

CP Hospital Dhangadhi

अरूको मात्र कथा लेख्छु आफ्नो कथा त उस्तै छ,
भविश्य बनाउन कथाको व्यापार गराउन आएको हु।

म भाषणगर्न जान्दैन मलाइ नेता बन्नुपनि छैन साथी,
यत्ति भन्छु आफ्नै पक्षमा सरकार गराउन आएको हु।

nawajiwan

खै गरिबको सरकार कहिले आउँछ केही धनि भैसके,
क्रान्तिकै बाटो फेरी कसैलाई जार गराउन आएको हु।

सकिएन आफूलाई सुधारन त कठिन हुने रहेछ साथी,
तरपनि म आजाद यो सारा संसार गराउन आएको हु।

॥१॥

म जन्मेको यही माटो राम्रो लाग्छ,
आफूले जोतेको पाटो राम्रो लाग्छ।

समयले मलाई दिए छ साथ भने,
यहिँ खरानी पर्नै घाटो राम्रो लाग्छ।

चाहिएन मलाई विदेशी सुख्ख त्यो,
आफू हिंडिरहेको बाटो राम्रो लाग्छ।

पिजा बर्गर खाएर होला देश भुल्यो,
मलाई त गुन्द्रुक आटो राम्रो लाग्छ।

कसैलाई गाली गरें नभक्ती कसैको,
प्रेमनै दुश्मनिको साटो राम्रो लाग्छ।

॥२॥

कसैका चिब्रामै पनि बिषालु छुरा हुनेगर्छन्,
आँसुमै ढोङ्ग हुन्छ कुरामा आँकुरा हुनेगर्छन्।

Attariya Hospital

सफा मन् भित्र त लुक्दैन अँश पाखण्डको,
उन्कै उपहास हुन्छ सपना अपुरा हुनेगर्छन्।

योजना हुँदैन गरिबको सिमित हुन्छ सपना,
साच्चै जिवनमा त्यो सपना टुहुरा हुनेगर्छन्।

मृत्यु पछि खिर दिन्छन् पितृहरूलाई त्यहि,
समाजहो जहाँका विज्ञानिक अधुरा हुन्छन्।

कयौँ देशका नारीहरू चन्द्रमामै सोध गर्दा,
यहाँ पुतली बन्न हरिया राता चुरा हुनेगर्छन्।

॥३॥

तिमीभन्दा पनि म अञ्जान कता हो कता,
समाजमा छ तिम्रो योगदान कता हो कता।

मैले खास कुरा बुझेकै छैन मित्रताको भर,
नेताबने पछि सुनायौ उखान कता हो कता।

जसले जीवन लगायो दाउँमा उहि बद्नाम,
कोही भन्दैन उस्लाई महान कता हो कता।

देखेर सामाजिक विकृती र जोहारभाटा यो,
मनभित्र उठेको हुन्छ तुफान कता हो कता।

रोग थाहाछ तर उपचार कसैलाई थाहा छैन,
कुहिराकै कागभयो समाधान कता हो कता।

सेल्फी खिच्छन् सम्सानमा मुर्दा नचाउछन्,
पहिले रून्थे अहिले नाचगान कता हो कता।

सुरेशकुमार पाण्डे दाङ घोराही १८