बुधबारको धार्मिक महत्त्व : गणेश र कृष्णको पूजा गर्दा मिल्ने धार्मिक लाभ

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रमा सातै बारलाई कुनै न कुनै देवी–देवतासँग सम्बन्धित मानिन्छ। त्यसैले हिन्दू धर्मावलम्बीहरूले आ–आफ्नो आस्था र परम्पराअनुसार विशेष बारमा व्रत, उपवास तथा पूजा–आराधना गर्ने प्रचलन छ। बुधबारलाई विशेषगरी बुध ग्रह तथा भगवान् गणेश र भगवान् कृष्णसँग सम्बन्धित दिनका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार यस दिन श्रद्धापूर्वक पूजा, व्रत तथा दान गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।

CP Hospital Dhangadhi

बुधबार बुध ग्रहको आराधना गर्न शुभ मानिन्छ। यस दिन भगवान् कृष्णको पूजा गर्दा तुलसीको पात अर्पण गर्ने धार्मिक परम्परा रहेको छ। बुधबार कृष्ण भगवान्को व्रत बस्दा मनोकामना पूरा हुने तथा जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास छ। साथै नयाँ कामको सुरुवातका लागि पनि बुधबारलाई शुभ दिनका रूपमा लिइन्छ।

हिन्दू धर्ममा गाईलाई अत्यन्त पवित्र तथा पूजनीय पशुका रूपमा मानिन्छ। धार्मिक मान्यताअनुसार बुधबार गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा प्राप्त हुने विश्वास गरिन्छ। त्यस्तै, यस दिन हरियो मुंगको दाल दान गर्दा दुःख, कष्ट तथा बाधा कम हुने धार्मिक विश्वास रहेको छ।

nawajiwan
Attariya Hospital

बुधबार भगवान् गणेशको पूजा–आराधना गर्नु पनि विशेष फलदायी मानिन्छ। गणेशलाई सिन्दुर तथा लड्डु अर्पण गरी श्रद्धापूर्वक पूजा गर्दा मनोकामना पूरा हुने विश्वास छ। विशेषगरी कुण्डलीमा बुध ग्रहसम्बन्धी दोष भएका व्यक्तिले बुधबार भगवान् गणेशको पूजा तथा आराधना गरेमा ग्रहदोष शान्त हुने धार्मिक मान्यता पाइन्छ।

यी विषयहरू धार्मिक ग्रन्थ तथा परम्परामा आधारित जनविश्वास हुन्। श्रद्धा, आस्था र परम्पराअनुसार गरिने पूजा–आराधनाले मानिसमा सकारात्मक सोच, आत्मविश्वास र मानसिक शान्ति बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ।