गोदावरीमा एमालेको शुभकामना आदानप्रदान तथा मिलन कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

अत्तरियाः नेपाल कम्युनिस्ट पार्टी (एमाले) निर्वाचन क्षेत्र नम्बर ४ समन्वय कमिटी कैलालीको आयोजनामा बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा मिलन कार्यक्रम गोदावरीमा सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रममा एमालेका जिल्ला तथा प्रदेश कमिटीका पदाधिकारी, स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेताकार्यकर्ताले एकआपसमा चाडपर्वको शुभकामना साटासाट गर्दै आपसी एकता, सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धिमा जोड दिएका थिए।

चाडपर्वले समाजमा आपसी मेलमिलाप, सहकार्य र सामाजिक एकता बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमले पार्टीका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने सहभागीहरूको धारणा थियो।

nawajiwan

कार्यक्रममा सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परा झल्काउने देउडा खेलसमेत प्रस्तुत गरिएको थियो। देउडामार्फत सहभागीहरूले सांस्कृतिक उल्लास साटासाट गर्दै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत जोड दिएका थिए।

कार्यक्रममा गोदावरी नगर कमिटीका सचिव विक्रम बिष्ट, जिल्ला कमिटीका उपाध्यक्ष लोकेन्द्र शाही, प्रदेश कमिटीका कृष्णप्रसाद जैसी तथा निर्वाचन क्षेत्र नम्बर ४ समन्वय कमिटीका संयोजक गणेश जिमी साउदले सहभागीहरूलाई दशैँ, तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।

आपसी सद्भाव, सांस्कृतिक उल्लास र शुभकामना आदानप्रदानका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।