कैलाली उद्योग वाणिज्यद्वारा आयोजित पेनाल्टी सुटआउटको उपाधि आयोजकलाई

Image
Nisarga Hospital

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सम्पन्न पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि आयोजक संघको ‘बी’ टिमले जितेको छ । धनगढी रंगशालामा आज सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक कैलाली उद्योग वाणिज्य संघको ‘बी’ टिम विजेता बनेको हो । उपाधिसँगै विजेता टिमले नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

CP Hospital Dhangadhi

प्रतियोगितामा नेपाल मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिम उपविजेता बनेको छ । उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक टिमका केशवराज जोशीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारे ।

दसैँ, तिहारलगायतका चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कैलाली उद्योग वाणिज्य संघका सचिव एवं प्रतियोगिता संयोजक प्रकाश चन्दले बताए । उनका अनुसार वस्तुगत संघहरूबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा विभिन्न १३ वटा वस्तुगत संघका टिमको सहभागिता रहेको थियो । व्यवसायीहरूलाई व्यावसायिक गतिविधिसँगै खेलकुदमा समेत जोड्ने र चाडपर्वको खुसी साटासाट गर्ने माध्यमका रूपमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

nawajiwan

कैलाली उद्योग बाणिज्य सघंका अध्यक्ष पुस्करराज ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव रवि खड्का सहभागी थिए । कार्यक्रममा कैलाली जिल्ला खेलकुद समितिका कार्यवाहक अध्यक्ष बेनी खड्का विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । प्रतियोगिताले व्यवसायीबीच आपसी एकता, सहकार्य र सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।